नेपालको ग्रामिण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेड एवं साउथ एशिया फाउन्डेसन नेपाल तथा साउथ एसिया फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा नेपाल बङ्गलादेश बैङ्क लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द प्रसाद ढुंगाना र साउथ एसिया फाउण्डेसन नेपालकातर्फबाट संस्थाका अध्यक्ष शशांक कोइराला एवं साउथ एसिया फाउण्डेसनकातर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा नेपाल बङ्गलादेश बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रामिण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुले सहज तथा सुलभ रुपमा कर्जा प्राप्त गरि साना, मझौला तथा लघुउद्यम व्यवसाय संचालन गरी आफ्नो आयमा वृद्वि गरि आर्थिक जिवनस्तर उकास्न यस सम्झौताले टेवा पुग्ने बताए ।
बैंकले यस प्रकारको सहकार्यले आफ्ना ग्राहक लगायत ग्रामिण क्षेत्रमा बसोबास गर्ने पिछडिएका वर्ग तथा महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने जानकारी गराएको छ ।