काठमाडौं । यो साता विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मुक्तिनाथ विकास बैंक, वेस्र्टन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी १ करोड ६२ लाख ७६ हजार २७६ कित्ता बोनस र हकप्रद सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
सबैभन्दा बढी सेयर सुचिकृत एनसीसी बैंकको भएको छ । एनसीसीको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद कारोबारका लागि नेप्सेमा सुचिकृत भएको छ । चुत्तापुँजी बढाउन बैंकले निष्कासन गरेको हकप्रद बिक्री नभएपछि लिलामबाट बिक्री गरेपछि नेप्सेमा कारोबारका लागि सुचिकृत भएको हो ।
यस्तै मुक्तिनाथको ४७ लाख २९ हजार ९६८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यस्तै निर्धन उत्थानको २० लाख, वेस्र्टन डेभलपमेन्टको ७ लाख ४७ हजार ५६१ र जानकी फाइनान्सको ८ लाख ८७ हजार ४६६ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
साउन यता विभिन्न क्षेत्रका ४१ कम्पनीको गरी ११ अर्ब ३१ करोड ७९ लाख ४ हजार ७४७ रुपैयाँ बराबरको ११ करोड ३१ लाख ७९ हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ ।