चीनतर्फबाट सगरमाथा आरोहण बन्द

अधिकांश पर्यटकह सगरमाथा आरोहण गर्न नेपालको बाटो प्रयोग गर्छन् । तर बितेका केही वर्षदेखि पर्यटकहरु चीन क्षेत्रबाट पनि आरोहण गर्न सुरु गरेका छन् । चिनियाँ आधार शिविर तिब्बतमा अवस्थित छ, त्यहाँ पर्यटकहरु कारबाट पनि पुग्न सक्छन् । तर नेपालतर्फबाट यात्रा गर्नका लागि पर्यटकहरुलाई दुई हप्ताको पैदल यात्रा तय गर्नुपर्छ ।

एजेन्सी । चीनले आफ्नो भागतर्फको सगरमाथाका आधार शिविर आरोहण अनुमति नभएका पर्यटकहरुका लागि बन्द गरिदिएको छ । चीन प्रशासनले हिमालयमा बढिरहेको फोहोरको समस्यालाई सम्बोधन गर्नका लागि त्यस्तो कदम उठाएको जोड दिएको छ ।

त्यस्तो कदमले सामान्य पर्यटकहरुलाई रोङबुक गुम्बादेखि केही तलसम्म पाँच हजार दुई मिटरको उचाइमा रहेको आधार शिविरसम्म मात्र पुग्न दिनेछ । तर अनुमति प्राप्त पर्वतारोहीहरुले भने उच्च भागका शिविरलाई प्रयोग गर्दै सगरमाथा आरोहण गर्न सक्नेछन् ।

अधिकांश पर्यटकह सगरमाथा आरोहण गर्न नेपालको बाटो प्रयोग गर्छन् । तर बितेका केही वर्षदेखि पर्यटकहरु चीन क्षेत्रबाट पनि आरोहण गर्न सुरु गरेका छन् । चिनियाँ आधार शिविर तिब्बतमा अवस्थित छ, त्यहाँ पर्यटकहरु कारबाट पनि पुग्न सक्छन् । तर नेपालतर्फबाट यात्रा गर्नका लागि पर्यटकहरुलाई दुई हप्ताको पैदल यात्रा तय गर्नुपर्छ ।

चिनियाँ हिमालारोहण संस्थाका अनुसार २०१५ को वार्षिक करिब ४० हजार पर्यटकहरुले सगरमाथा आरोहण गर्न उनीहरुको आधार शिविर प्रयोग गरेका थिए भने नेपालको वन तथा भूमि संरक्षण मन्त्रालयको प्रतिवेदनअनुसार २०१६÷२०१७ मा ४५ हजार पर्यटकले नेपालको आधार शिविरबाट सगरमाथा आरोहण गरेका छन् ।

गत डिसेम्बरमा तिबती प्रशासनले आफ्नो वेबसाइटमार्फत आधार शिविर बन्द गर्ने आधिकारिक घोषणा गरेको थियो । सगरमाथाले बितेका केही वर्षदेखि फोहारको गम्भीर समस्या झेलिरहेको छ ।