एभरेष्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार, बजार पुँजीकरणमा नेपाल टेलिकम

यो साता ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

काठमाडौं । यो साता एभरेष्ट बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । एभरेष्टको बिहीबार मात्रै १ अर्ब ७१ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । यो साता ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ६ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको ४ करोड ३६ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सेचन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

यस्तै नागरिक लगानी कोष, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, एनएमबी बैंक, प्रभु बैंकको संस्थापक सेयर, नेपाल बैंक र माछापुच्छ्रे बैकको बढी कारोबार भएको छ ।

बजार घटेपनि नेपाल टेलिकम नेप्सेमा सुचिकृत मध्ये सबैभन्दा ठुला कम्पनी भएको छ । नेपाल टेलिकमको अघिल्लो साताको तुलनामा रकम घटेपनि बजार पुँजीकरण १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ छ ।

यस्तै नविल बैंकको ६५ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६४ अर्ब ३१ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४४ अर्ब ४० करोड र स्ट्याण्डर्ड चाटर्ड बैंकको ४२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । एभरेष्ट बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंक रहेका छन् ।