सिभिल बैंकले सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने

बैंकले २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको ३६४ औं सञ्चालक समिति बैठकले नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुत्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लाभांश वितरण गर्ने बैंकले जनाएको छ । वार्षिक साधारणसभा नबसेकाले अघिल्लो आर्थिक वर्षमा घोषणा गरेको बोनस सेयर सेयरधनीले पाएका छैनन् ।