कम्पनीले पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण सेयर बिक्री गरेको थियो ।
काठमाडौ । घलेम्दी हाइड्रो लिमिटेडको सेयर न्युनतम १०० देखि अधिकतम ३०० रुपैयाँमा कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले आइतबार कारोबार सीमा तोकेको हो ।
कम्पनीले पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण सेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । ५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।
घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।