माउन्टेन हाइड्रो नेपालले आईपीओ निष्कासन गर्न पायो अनुमति, १८ करोड १६ लाखको ल्याउने

कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाको बिक्री नभएको समेत जोडेर १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न माउन्टेनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाको बिक्री नभएको समेत जोडेर १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा ५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको ५ लाख ६६ हजार ११० कित्ता आईपीओ बिक्री हुन बाँकी छ । कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजना बनाउन ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ३० लाख रुपैयाँ छ । आयोजना सञ्चालनमा आएको ८ वर्षमा लगानी फिर्ता हुने अनुमान गरिएको छ ।

आयोजनामा सेञ्चुरी कमर्शियल बैंकको अगुवाइमा एक दर्जन बैंकले आयोजनामा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन ।