जनताको जलविद्युतमा सेयर लगानी खुलाउन धितोपत्र बोर्डले गर्यो विशेष कानूनी व्यवस्था, ४९ प्रतिशतसम्म आईपीओ निष्कासन हुने

सरकारको ५१ प्रतिशत स्वामित्व भएको कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन, लागत र निर्माण अवधि खुलाइ तयार पारिएको र संस्थापकले लिन चाहेको सेयरको १० प्रतिशत रकम चुत्ताभई वित्तीय व्यवस्थापन समेत भइसकेपछि जनताबाट सेयर र डिवञ्चरमार्फत लगानी जुटाउन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत आयोजनामा सर्वसाधारणको ४९ प्रतिशतसम्म सेयर लगानी सुनिश्चित हुने गरी विशेष कानूनी व्यवस्था गरेको छ । वोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो ।

सरकारको संरक्षणमा बन्ने जलविद्युतमा जनतालाई सहभागी गराउन र जनताको जलविद्युत अवधारणालाई कार्यन्वयमा ल्याउन विशेष कानूनी व्यवस्था गरेको बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले बताए ।

सरकारको ५१ प्रतिशत स्वामित्व भएको कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन, लागत र निर्माण अवधि खुलाइ तयार पारिएको र संस्थापकले लिन चाहेको सेयरको १० प्रतिशत रकम चुत्ताभई वित्तीय व्यवस्थापन समेत भइसकेपछि जनताबाट सेयर र डिवञ्चरमार्फत लगानी जुटाउन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

सर्वसाधारणले १० प्रतिशत रकम चुत्ता गरी जलविद्युत आयोजनामा सेयर लगानी गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ । संस्थापकले लिन कवुल गरेको शत्प्रतिशत रकम चुत्ता भइ आयोजनाको ५० प्रतिशत भौतिक प्रगतिपछि साधारणलाई सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।यो अवधारणामा न्युनतम १० हजारदेखि १० लाख रुपैयाँसम्म सर्वसाधारणले जलविद्युतमा सेयर लगानी गर्न पाउने छन् ।

जनतालाई जलविद्युतको सेयरधनी बनाउने गरी छनोट गरिएका ३ हजार ४७९ मेगावाटका १९ आयोजना निर्माणका लागि जनताबाट सेयरको रुपमा सो रकम उठाउने भएको हो । प्रतिमेगावाट लगात २० करोड रुपैयाँलाई आधार मान्दा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कुल लगानीको ७० प्रतिशत अर्थात ४ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ ऋण र बाँकी ३० प्रतिशत अर्थात २ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने छ । सर्वसाधारणबाट कुल लगानीको ४९ प्रतिशत र ५१ प्रतिशत संस्थापकबाट लगानी हुने भएको छ । साधारण अन्तर्गत १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित गरिएको छ भने ३९ प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिनेछ ।आयोजना बनाउन जनताबाट १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयरको रुपमा उठाइने भएको छ