अल्टिमेट ट्रेक टू च्छो रोल्पा (फोटो फिचर)

गौरीशङ्कर, लाङटाङ, एभरेस्ट हिमशृङ्खलाको भरपूर आनन्द लिँदै केही दिनमा च्छो रोल्पा पुग्दा जोकसैलाई पनि यात्राको अन्तिम आनन्द चुमेजस्तो लाग्छ । लामो बिदामा घुमफिर गरेर आनन्द लिनु छ भने च्छो रोल्पा महत्त्वपूर्ण गन्तव्य हुन सक्छ ।

चिसो वातावरणमा कठिन ट्रेक गर्न रुचाउनेका लागि च्छो रोल्पासम्मको ट्रेक भुल्नै नहुने गन्तव्य हो । नेपालको सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा ४ हजार ५ सय ८० मिटर उचाइमा शान्त र सौम्य भएर बसिरहेको छ । जलवायु परिवर्तनका कारण पहिलेभन्दा निकै ठूलो भइसकेको च्छो रोल्पामा पुग्दा जुन आनन्द आउँछ, त्यही आनन्द च्छो रोल्पा पुग्ने बाटो न्हा गाउँ, सिमिगाउँ र सिँगटीको वातावरणले पनि दिन्छ । गौरीशङ्कर, लाङटाङ, एभरेस्ट हिमशृङ्खलाको भरपूर आनन्द लिँदै केही दिनमा च्छो रोल्पा पुग्दा जोकसैलाई पनि यात्राको अन्तिम आनन्द चुमेजस्तो लाग्छ । लामो बिदामा घुमफिर गरेर आनन्द लिनु छ भने च्छो रोल्पा महत्त्वपूर्ण गन्तव्य हुन सक्छ । त्यही च्छो रोल्पा पुगेर ऋषभ अधिकारीले लिएका केही तस्बिर :