शिवम सिमेन्टको आईपीओ खुल्यो, पाँचथर पावर कम्पनीको फागुन १३ देखि आउने

शिवमले प्रिमियम मूल्यमा ४० लाख कित्ता खुलाउँदा पाँचथर पावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । शिवमले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम दरमा ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयबान्दिालाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० रुपैयाँ तोकिएको छ ।

शिवमले प्रिमियम मूल्यमा ४० लाख कित्ता खुलाउँदा पाँचथर पावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

शिवमको आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ र ढिलामा चैत ५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आवेदन दिन सकिने छ । साधारण सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात शिवमको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।

आईपीओ निष्कासन गरेकै दिन संस्थागत लगानीकर्ताले आईपीओ भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम ५० र अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आईपीओ भर्न पाइने सिद्धार्थले जानकारी दिएको छ ।कुल निष्कासनमध्ये सङ्गठित संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई गरी ६ लाख कित्ता वितरण गरी ४१ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको छ ।

उद्योगले सर्वसाधारणको प्रिमियम मूल्य ४०० बाट घटाएर ३०० र आयोजना प्रभावित स्थानीय बासिन्दालाई ३०० बाट २०० रुपैयाँमा कायम गरेको छ । २ अर्ब २ करोड ४० लाख रुपैयाँ एनआईबीएल एस क्यापिटल लिमिटेडबाट प्रत्याभूति गराइएको छ । आईपीओ निष्कासनबाट सङ्कलन हुने २ अर्ब २ करोड ४० लाख रुपैयाँ विभिन्न बैङ्कबाट लिएको कर्जा चुत्ता गर्ने उद्योगले जनाएको छ ।

यस्तै शिवमले चालु आर्थिक वर्षमा गरेको नाफाबाट प्रतिसेयर १५ रुपैयाँ र आगामी वर्ष २० रुपैयाँ लाभांंश दिने प्रस्ताव गरेको छ । सेयरधनीले औसत प्रतिसेयर ६ रुपैयाँ ६६ पैसा मात्र लाभांश पाउने भएका छन् ।

यस्तै पाँचथर पावर कम्पनीले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागनु १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ३५ हजार ५ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको सानिमाले बताएको छ ।

आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी बढेर ९६करोड २५ लाख रुपैयाँ पुग्ने छ । न्युनतम १० देखि अधिकतम ९ हजार ६२० कित्तासम्म आईपीओमा आवेदन दिन पाइने छ ।

कम्पनीले पाँचथरमा १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।