गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ मस्यौदा कार्य योजनामाथि छलफल

पोखरा । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यहि फागुन ९ गते घोषणा गर्न गइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ को सम्बन्धमा सरोकारवाला सँग मस्यौदा कार्य योजना सम्बन्धि छलफल गरेको छ ।

सो छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको लोगो र नाराको विषयमा सरोकारवालाको धारणा सहित आवश्यक सुझाव संकलन गरिएको थियो । लोगोमा गण्डकी प्रदेशको प्रकृति ,संस्कृति सहित साहासिक खेल प्रतिविम्ब हुने गरी तयार गरिएको लोगो सार्वजनिक गर्दै आवश्यक सुझाव मागिएको छ । लोगोमा “ फर नेचर, कल्चर र एडभेन्चर” नारा जोडिएको छ ।

उक्त छलफल कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले संङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिकालागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्नो ठाउँबाट पहल र प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए ।

मन्त्री लम्सालले भने “हामीले प्रमुख दायित्व पुरा गर्छौ नीजि क्षेत्रले सहायक भूमिका निर्वाह गर्नुुस् । सरकार र नीजि क्षेत्रको सहकार्यबाट मात्रै पर्यटन उद्योग फष्टाउन सक्छ ।” सम्वृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन विकासलागि गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको बताए ।

पर्यटन विकासमा टेवा पु¥याएर जिविकोपार्जन र आय आर्जनका अवसरहरु वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्ति गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । मन्त्री लम्सालले १५ लाख आन्तरिक पर्यटकहरु प्रदेशमा भित्र्याउनु आन्तरिक पर्यटन वर्ष २०१९ को प्रमुख परिमाणात्मक लक्ष्यको रुपमा रहेको बताए । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस हुने गरी कार्ययोजना बनाउनु पर्ने भन्दै सबै जिल्लाका ८५ वटै स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए । छलफल कार्यक्रममा पर्यटन वर्षको औचित्य, लक्ष्य, उद्देश्य र कार्य योजनाहरु बारेमा मस्यौदा समितिका संयोजक एवं पर्यटन वोर्डका गण्डकी प्रदेशका प्रबन्धक सुर्य थपलिया र मन्त्रालयका महाशाखा प्रमुख एवं प्रवक्ता दिवाकर पौडलले जानाकारी गराए ।

प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तब्य र त्यसका विशेषतालाई झल्कने गरि तयार गएिको पर्यटकीय गन्तब्यको प्रोफाइल समेत प्रस्तुत गरी आवश्यक राय सल्लाह मागीएको थियो ।