विश्वकै हटेस्ट स्टक्स सेल्ट्रियन ओरालो लाग्दै

व्यापक बजार परिवर्तनले पनि सहयोग गर्यो । सेल्ट्रियन सायद आगामी केही महिनामा कोरियाका ठूलो पुँजीबजार सूचकाङ्कमा सामेल हुनेछ । डीबी एसेट म्यानेजमेन्ट कपनीका इक्विटी प्रमुख ली सिउङ हुनका अनुसार एउटा सानो दबाबले प्रतिफलमा कमी आइसकेको थियो ।

दक्षिण कोरियाको जैविक प्रौद्योगिक कम्पनी सेल्ट्रियन इन्क २०१८ को सुरुमा विश्को सबैभन्दा बढी सेयर कारोबार गर्नेको लिस्टमा आकासिएको थियो, अन्ततः भुइँमै झर्दै छ ।

बितेको वर्ष १८८ प्रतिशतको वृद्धि पछि यो महिना कुनैबेला टेसला इन्क र सिटी ग्रुप इन्कभन्दा पनि माथि पुगेको सेल्ट्रियन इन्क गत सातादेखि अचानक तल खस्यो । अघिल्लो साताको शुक्रबार बन्द भएपछि यसको पाँच दिनको गिरावट १६ प्रतिशतसम्म पुग्यो । यो गिरावटले चौथो त्रैमासिकको आम्दानी निराशाजनक भएपछि डच बैङ्क एजीले कम्पनीको हिसाबकिताबको आलोचना गरेको थियो । राजधानी सोलमा सोमवार पनि सेल्ट्रियनको सेयरमा ६.१ प्रतिशतको गिरावट आएको थियो ।

आशङ्का सही हो भने आउँदा दिनमा स्टकमा धेरै गिरावट आउन सक्छ । सियोलमा कयौं संस्थागत पैसा प्रबन्धकहरुले गत वर्ष कोरियाका मम–एन्ड–पप निवेशकहरुबीच अनावश्यक अड्कलहरुको उपज र्यालीलाई अनुचित भनेका छन् । गत हप्ताको गिरावटपछि पनि बेन्चमार्क कोस्पी इन्डेक्सको १३ गुणाका विरुद्ध यसका सेयरमूल्यबाट १०० गुणाभन्दा बढी कमाउन सकिन्छ । डच बैङ्क, जसले गत जनवरी १८मा सेल्ट्रियनले अनुसन्धानमा खर्च गरेको पैसालाई पुँजीगत गरेको प्रक्रियालाई मुद्दा बनाएको थियो, अनुसार सेल्ट्रियनको सेयर अझै ७० प्रतिशत ओर्लन सक्छ ।

सियोलमा सिनहन बीएनपी परिबास एसेट म्योजमेन्ट कम्पनीका वरिष्ठ फन्ड म्यानेजर जुङ सुङ–हानले भने, ‘म देख्दै छु कि गृहिणीहरु सेल्ट्रियनका बारेमा कुरा गर्दै छन्, यो स्टकमा पानीको फोहरा छ भन्ने प्रस्ट सङ्केत हो’ । सेल्ट्रियनका प्रतिनिधिले अहिलेको सेयरस्थितिबारे टिप्पणी गर्न मानेनन् तर कम्पनीले डच बैङ्कको टिप्पणीलाई अन्य समान प्रकृतिका औषधी उद्योगहरुको तुलनामा ‘कुरुप विश्लेषण’ भन्दै खण्डन गर्यो ।

चाहनाका विभिन्न प्रकारका आँधीबाट उत्पन्न धेरै कारकहरुले इन्चेअनस्थित सेल्ट्रियनलाई धेरै फाइदा पनि भयो । ब्लुमबर्ग इन्टेलिजेन्सको एउटा विश्लेषणअनुसार आगामी महिना अमेरिकी खाद्य एवम् औषधि प्रशासनले अनुमोदन गर्नसक्ने रोसे कम्पनीको एक प्रकारको अर्बुद रोगमा प्रयोग हुने औषधि ‘रिटुक्सन’कै जैविक गुण भएको औषधि ‘ट्रक्सिमा’ले यसको बजार ३.९ अर्ब डलर पुग्नेछ । र, कम्पनीले यसै महिनाको शुरूमा भनेको थियो– ‘वर्षको दोस्रो अर्धवार्षिकमा निर्माण शुरू हुनाले नयाँ संयन्त्रको क्षमता तीन गुणा बढाइनेछ ।’

व्यापक बजार परिवर्तनले पनि सहयोग गर्यो । सेल्ट्रियन सायद आगामी केही महिनामा कोरियाका ठूलो पुँजीबजार सूचकाङ्कमा सामेल हुनेछ । डीबी एसेट म्यानेजमेन्ट कपनीका इक्विटी प्रमुख ली सिउङ हुनका अनुसार एउटा सानो दबाबले प्रतिफलमा कमी आइसकेको थियो । आईएचएस मार्केट लिमिटेडको तथ्याङ्कअनुसार सर्तविपरीत नोभेम्बरमा ९ प्रतिशतभन्दा बढीले उचालिएको यसको सेयर ४.८ प्रतिशतमा खुम्चिएको थियो ।

फुट्दै छन् फोहोराहरु
चौथो त्रैमासको राजस्व र कमाईको तुलनामा सेल्ट्रियन अघिल्लो साताको शुक्रबार ९.९ प्रतिशत तल झरेको कोरिया इन्भेस्टमेन्ट एन्ड सिक्योरिटिजका विश्लेषक केविन जिनले बताए । ब्लुमबर्गद्वारा सङ्कलित तथ्याङ्कअनुसार एटीएन्डटी इन्क तथा वेल्स फार्गो एन्ड कम्पनीको व्यापार भएजस्तै लगभग एक अर्ब डलरको कारोबारसहित सेल्ट्रियन किनबेचको भोल्युम ठूलै रह्यो ।

मिडास इन्टरनेसनल एसेट म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेयो पिल सियोकले भने, ‘कोस्पीमा जाने अपेक्षित कदमले भविष्यमा पनि स्टक बेच्ने दबाबको सामना गर्नुपर्ने हुन सक्छ ।’ यसैबीच नोमुरा सिक्योरिटिजका विश्लेषक कारा सङ्गले जनवरी १६ को एउटा टिप्पणीमा यसको महँगो भ्यालुमाथि प्रकास पार्दै भनेका थिए, लगानीकर्ताले यसलाई बेचिहाल्नुपर्छ । डीबी एसेट म्यानेजमेन्टका ली भन्छन्, ‘यस कुरामा सबै सहमत छन् कि यसमा अत्यधिक भीड एकत्रित भएको छ’ ।

(बेन्जामिन रोबर्टसनको सहयोगमा ही जिन किम)