बागलुङको पर्यटन गुरुयोजना कार्यान्वयनमा जाेड दिइदै, प्रदेश पर्यटनमन्त्रीकाे उपस्थित रहने

बागलुङ जिल्लाको समग्र पर्यटन विकासका लागी यो कार्यक्रम फलदायी हुने खड्काले बताए । अन्तरक्रियालाई व्यवस्थित रुपमा सञ्चालनका लागी जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयबाट समन्यात्मक सहयोग रहने छ । बागलुङ कालिका मन्दिर परिसरमा हुने उक्त कार्यक्रमलाई बागलुङ नगरपालिकाले व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।

बागलुङ ः बागलुङमा रहेका प्राकृतिक, धार्मिक,सांस्कृतिक, ऐतिहासिक सम्पदा लगायतका क्षेत्रहरुको विकास, विस्तार, संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार गरी जिल्लाको पर्यटकीय प्रोफाइल एवं पूर्वाधार विकास गर्ने उद्धेश्यले बागलुङ पर्यटन विकास समितिले पहल थालनी गरेको छ ।

गण्डकी प्रदेशका पर्यटन मन्त्रि विकास लम्सालको आतिथ्यतामा फागुन २३ गते बागलुङ जिल्लाको पर्यटन गुरुयोजना सम्बन्धी १ दिवसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

बागलुङ जिल्लाबाट निर्वाचित तथा समानुपातिक सांसदहरु, जिल्लाका १० वटै गाउँ तथा नगरपालिकाका प्रमुख तथा अध्यक्षहरु र सम्बन्धित स्थानीय तहलाई पर्यटन क्षेत्र हेर्ने प्रमुखहरु सो अन्तरक्रियामा सहभागी हुनेछन । यसै गरी जिल्ला समन्वय समितिका प्रमुख सहित सरकारी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सस्थाका प्रमुख तथा प्रतिनिधिहरु पनि सो कार्यक्रममा सहभागी हुनेछन ।

बागलुङ जिल्लाको समग्र पर्यटन विकासका लागी यो कार्यक्रम फलदायी हुने खड्काले बताए । अन्तरक्रियालाई व्यवस्थित रुपमा सञ्चालनका लागी जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयबाट समन्यात्मक सहयोग रहने छ । बागलुङ कालिका मन्दिर परिसरमा हुने उक्त कार्यक्रमलाई बागलुङ नगरपालिकाले व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।

जिल्ला भित्र पछिल्लो समय पर्यटन विकासका लागी धेरै ठाउँहरुबाट विभिन्न प्रयासहरु भइरहदा बागलुङ पर्यटन विकास समितिको पर्यटन गुरु योजनाले निकै फाइदा पुग्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन । गुरुयोजनाले जिल्ला भित्र रहेका पर्यटकीय क्षेत्रहरुको संरक्षण, पूर्वाधार विकास तथा प्रचार प्रसार, संस्थागत र दिगो विकासमा टेवा पुग्नेछ ।

हालै मात्र सरकारले बागलुङको कालिका भगवती मन्दिरलाई स्थापित पर्यटन गन्तव्यको सूचीमा राखेको छ । ढोरपाटन सिकार आरक्ष सहित निसी क्षेत्र, बलेवा भैरब गाजा दह तथा पन्चकोटलाई नयां पर्यटन गन्तब्यको सूचिमा राखे पछि जिल्ला भित्र पर्यटन विकासका लागी नयाँँ बहस शुरु भएको देखिन्छ ।