काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पम्फा धमाला र बिप्लप पौड्याल थपिएका छन् । उनिहरुलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालक समितिको सदस्यमा चयन गरेको हो ।
धमाला लाङटाङ रि ट्रेकिङ एण्ड एक्सपिडिशनकी व्यवस्थापक निर्देशक हुन् । धमालासँग ट्रेकिङ र पर्यटन क्षेत्रको २५ वर्ष लामो अनुभव छ । नेपाल उद्योग मन्त्रालयको २०१७ सालको महिला उद्ययमी पुरस्कारको विजेता पनि हुन् ।
त्यस्तै अर्का सदस्य पौड्याल होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पाको कार्यकारी निर्देशक हुन् र पोखरा अल्ट्रालाइटका अध्यक्ष हुन् । उनी होटल संघ पोखराका पूर्व अध्यक्ष र क्षेत्रीय होटल संघ पोखराका उपाध्यक्ष पनि हुन् । पौड्याल कार्यक्रम कार्यन्वयन समिति र नेपाल पर्यटन वर्ष २०११ को पश्चिम क्षेत्रीय समन्वयका सदस्य रहिसकेका छन् ।