मनै लोभ्याउने ठूलोगाउँ

बूढानीलकण्ठबाट केही समय उकालो हिँडेपछि वा मोटरसाइकलबाट केही समयको यात्रा तय गरेपछि पुगिने ठूलोगाउँ निकै रमणीय छ, जहाँबाट सम्पूर्ण काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट नजिकको रमणीय स्थान कता होला भनेर प्रश्न उठ्नासाथ जवाफ आउन सक्छ, चोभार, ककनी या यस्तै कुनै ठाउँ । तर यस्ता धेरै घुम्न लायक तथा रमणीय स्थानका रुपमा परिचित हुँदै आएको ठूलोगाउँबारेमा सायदै कसैलाई थाहा होला ।

बूढानीलकण्ठबाट केही समय उकालो हिँडेपछि वा मोटरसाइकलबाट केही समयको यात्रा तय गरेपछि पुगिने ठूलोगाउँ निकै रमणीय छ, जहाँबाट सम्पूर्ण काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।

चिसो हावासँग सुस्केरा हाल्दै आनन्द लिन सकिन्छ । यहाँ रहेको विशाल चैत्य जुन सम्पूर्ण आगन्तुकहरुका लागि आकर्षणको केन्द्र हो । यसलाई चैत्य पूजनीयहरु ठ्रिचेन रिन्पोछेको पुण्यस्मृतिमा निर्माण गरिएको हो । हेर्नुहोस्, ठूलो गाउँ र यसका वरिपरिका रमणीय स्थानहरुको फोटो फिचर—