काठमाडौं । सोमबार राष्ट्र बैङ्कको निर्णयले मङ्गलबार एका–एक सेयर बजार बढे पनि बुधबार १२ दशमलव ७२ अङ्कले बजार घटेको छ ।
राष्ट्रबैङ्कले गरेको निर्णयले एक दिन बजार उकालो लागे पनि अहिले पूरानै गतिमा फर्किएको छ ।
बुधबार अधिकास सूचकहरु रातो देखिएका छन् । बैङ्किङ, होटल, डेभलपमेन्ट बैङ्क, हाइड्रोपावर, फाइनान्स कम्पनी, निर्जीवन बिमा कम्पनीको सेयर घटेको छ ।