वुटवल। उत्कृष्ट प्रदर्शन गर्दै दाफिन्स एफ सी क्यामरुनले रुपन्देहीमा आयोजित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
दाफिन्सले बुधबार भएको खेलमा झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घद्वारा बुटवलको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरमा भएको आजको खेलमा आक्रामक रुपमा प्रस्तुत भएको दाफिन्सले झापा ११ लाई स्तब्ध बनाएको हो।
झापाका प्रशिक्षक प्रवेश कटुवालले झापाको प्रस्तुति राम्रो भए पनि जीत हुन नसक्नु दुःखद् भएको बताए। उनले खेलाडीका कमजोरी सुधार गरेर आगामी दिनमा बलियो समूह बनाउने बताए।
प्रतियोगिताअन्तर्गत बिहीबारको खेल मनाङ मस्र्याङदी र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले रु आठ लाख ८० हजार नगदसहित कप पाउनेछ भने उपविजेताले पाँच लाख ५० हजार रूपैयाँ पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विद्यागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले २५ र २५ हजार नगदबाट सम्मानित हुनेछन् ।