जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाउँदै बाबुरामले भने, ‘देश अनुसारको भेष’

‘देश अनुसारको भेष १ जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो!’ 

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पहिलो पटक दौरा सुरूवालमा देखिएका छन्।

पार्टीको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा रहेका भट्टराईले दौरा सुरूवाल लगिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।

बुधबार पश्चिम रूकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार जाजरकोट जाने क्रममा उनले दौरा सुरूवाल लगाएको फोटो खिचाएका हुन्।

बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राखेका हुन्। साथै उनले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गरेका छन्, ‘देश अनुसारको भेष १ जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो!’

बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उहाँकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमी लेखेकी छन्, ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’