यो साता नेप्सेको दैनिक कारोबार रकम ३० करोडको हाराहारीमा भएपनि गत साताको तुलनामा ५८.७४ प्रतिशतले बढेर एक अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताभर २ अङ्कले घटेको भएपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ ।
यो साता नेप्सेको दैनिक कारोबार रकम ३० करोडको हाराहारीमा भएपनि गत साताको तुलनामा ५८.७४ प्रतिशतले बढेर एक अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो साता नेप्सेमा एक सय ७७ कम्पनीहरुको १९ हजार १ सय ३३ कारोबारबाट एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशतले धेरै हो । गत साता नेप्सेमा १ सय ७० कम्पनीहरुको १२ हजार ७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।
कारोबार रकममा सुधार आएपनि सेयर बजार परिसूचक भने साताभरमा करिब २ अङ्कले घटेको छ । यो साता नेप्से परिसूचक पहिलो तीन दिन घटेको भएपनि पछिल्ला २ दिन बढेको थियो । पछिल्ला २ दिनमा आएको सुधार नेप्से सूचक १४ सयभन्दा माथि गएको भएपनि यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुदाँ भन्दा १.९९ अङ्कले घटेको छ । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुदाँ १४०६.५२ अङ्कमा रहेको नेप्से साताभर १.९९ अङ्कले घटेर अन्तिम दिन बिहीबार बन्द हुँदा १४०४.५३ अङ्कमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।
यो साता नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक घटेका छन् । यो सताभर विकास बैङ्क ४.३१, वित्त २.६५, माइक्रो फाइनान्स १४.८६, जलविद्युत् ३.५९ र बिमा ७७.१४ अङ्कले घटेका छन् । तर, यो साताभर बैङ्किङ ०.५२, होटल ३०.७२, उत्पादनमूलक ३८.६३, व्यापार २४.२४ र अन्य ०.७३ अङ्कले बढेका छन् ।
यस साता सानिमा माई हाईड्रोपावरको धेरै रकम र सेयरको कारोबार भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैङ्कको धेरै पटक कारोबार भएको छ । नेप्सेको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यो साता पनि संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।