कांग्रेस भित्र विवाद बढ्यो, नेताहरुबीच कुरा नमिलेपछि बैठक स्थगित

बैठक बस्न नसके पछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन गरिएको बताए।

नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चर्कदै गएपछि बिहिबार बोलाइएको केन्द्रिय समितिको बैठक बस्न सकेन।

केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भए पनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगीत गरिएको छ।

बैठक बस्न नसके पछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन गरिएको बताए।

केन्द्रिय समितिको बैठकमा महासमितिको भेलाले सर्वसम्मतिले पारित गरेका बिषयमा केन्द्रिय समितिमा फरक फरक मतहरु आए पछि  समय लिएर भए पनि सहमति खोज्न बैठक स्थगीत गर्नु परेको प्रवक्ता शर्माले स्पष्ट पारे।

महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउबाले कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाए थिए।

तर, लगत्तै सुरु भएको केन्द्रिय समितिको बैठकमा महा समितिमा जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाए पछि केन्द्रीय कार्यसमिति बैठक बिबादित बन्दै गएको छ।

सभापति शेरबहादुर देउवालाई उनी निकट नेताहरुले अब धेरै अलमल गरी समय मात्र गुजार्ने भन्दा छिटो गरी विधान लगायतका विषय टुंग्याउन सुझाव दिएका थिए।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले विधानका कतिपय विषयमा असहमति जनाउँदै सर्वसम्मत प्रस्ताव अनुमोदनको लागि असहमति जनाएका थिए।

त्यसका बाबजूद पनि कतिपय नेताहरुले सकभर सहमतिमा र नभए लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्णयमा पुग्न सभापतिलाई सुझाव दिएका थिए।

तर, त्यहिबीचमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले अर्को पक्षका नेताहरुसँग परामर्श गरी त्यसको केहिबेरपछि पदाधिकारीको अनौपचारिक छलफल बसालेका थिए।

त्यसपछि अपरान्ह ४ बजे पदाधिकारीहरुको छलफल पश्चात पार्टी मुख्य सचिवले बैठक कुरेर बसेका सदस्यहरुलाई आज बैठक नबस्ने भन्दै १२ गते ११ बजे बैठक बस्ने जानकारी दिएपछि किस्तावन्दीको बैठकमा उपस्थित हुन पुगेका सदस्यहरु कार्यालयबाट बाहिरिए।

केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।