गत माघ २४ गते घोराही लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका सांसद ओलीको शुक्रबार बिहान काठमाडौंको मेडसिटी अस्पतालमा निधन भएको हो।
प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तर कुमार वलीको निधन भएको छ।
गत माघ २४ गते घोराही लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका सांसद ओलीको शुक्रबार बिहान काठमाडौंको मेडसिटी अस्पतालमा निधन भएको हो।
दाङ क्षेत्र नं. ३ को ख बाट नेकपाको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित ओली सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका थिए।
ओलीको दाङमा उपचार हुन नसकेपछि उपचारको लागि माघ २६ गते हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। काठमाडौंको मेडिसिटी अस्पतालको सघनकक्षमा उपचार भईरहेका ओलीको शुक्रवार विहान ३ बजे अस्पतालमै निधन भएको उनका स्वकीय सचिव एमएन शाहले जानकारी दिए।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि अहिले बिहान ९ बजेदेखि १० बजेसम्म नेकपाको केन्द्रीय कार्यालय धुम्बराहीमा राखिने र त्यसपछि आजै गृह जिल्ला दाङ लाने पार्टी निकट श्रोतले जानकारी दिएको छ।
३४ वर्षिय ओली माघ २४ गते बेलुका बुटवलबाट प्रदेशसभा बैठक बसी दाङतर्फ आउँदै गरेको बेला लमही-घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए।
घोराहीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई ठक्कर दिएको थियो।
दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद वलीको शुक्रबार बिहान मृत्यु भएको हो ।
दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद वली २०६४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए। तर त्यतिबेला उनी पराजित भएका थिए।