चेल्सी युरोपा लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको अन्तिम ३२ को खेलमा माल्मोलाई ३-० गोल अन्तरमा हराउँदै समग्रमा पाँच एकको जितसहित चेल्सी अन्तिम १६ मा पुगेको हो।
पहिलो लेगमा २-१को अग्रता बनाएको चेल्सीले घरेलु मैदानमा तीन शून्यको सहज जित निकालेको हो।
१० खेलाडीमा समेटिएको माल्मो विरुद्धको खेलमा चेल्सी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा केही आक्रमक खेलेको घरेलु टोलीले खेलको ५५ औं मिनेटमा ओलिभर जिरूडको गोलबाट सुरूवाती अग्रता लियो।
७३ औं मिनेटमा पाहुना टिम माल्मो १० खेलाडीमा झर्न पुग्यो। उसका बेङ्टसोन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए। जसका फाइदा उसले एक मिनेटमा नै पायो। रोस ब्राक्लेले चेल्सीको अग्रता दोब्बर पारे।
त्यसपछि ८४ औं मिनेटमा हुडसोन ओडोइले गोल गर्दै चेल्सीका लागि सहज जित दिलाए।
घरेलु प्रतियोगितामा अब दुई ठूला क्लव विरुद्ध खेल्ने तयारीमा रहेको चेल्सीलाई यो जितले केहि मनोबल बढाएको छ।
आइतबार चेल्सीले कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ भने अर्को साता प्रिमियर लिगमा टोटनहमसँग प्रतिस्पर्धा गर्नेछ।