काठमाडौं। थाइल्याण्डमा जारी आईसीसी टी–२० तथा एकदिवसीय महिला विश्वकप छनोटमा नेपालले युएईबाट ४२ रनको लक्ष्य पाएको छ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गर्दै युएईले १७ ओभर तीन बलमा ४१ रनमा समेटियो।
नेपाली बलरसामू टिक्न नसकेका युएईले १० रन हुँदा तीन महत्वपूर्ण विकेट गुमाएको थियो। थप एक रन जोड्दा चौथो विकेट गुमाएको युएईले १९ रन बनाउँदा पाँचौ र छैठौं विकेट गुमायो। त्यसपछि केही बेर क्रिजका टिकेको युएई ३५ रन जोड्दा सातौ र आठौं विकेट खेर फाल्यो। बाँकी ६ रन जोड्दा सबै विकेट गुमाएको थियो।
उसका लागि चनामीले १३ रन बनाउनुबाहेक बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालका लागि नेरी थापाले ४ विकेट लिँदा सिता रानामगर, कविता कुवँर र सोनु खड्काले २-२ विकेट लिए।