थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १०.२ ओभरमा पुरा गर्यो।
आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ।
थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १०.२ ओभरमा पुरा गर्यो।
नेपालका लागि कप्तान रूविना क्षेत्रीले सर्वाधिक १८ रन बनाउँदा काजल श्रेष्ठले १५ रन बनाईन्। सरिता रानामगरले ६ रन बनाईन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो। युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिईन् । यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।
यो जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।
ग्लोबल छनोटको सम्भावना जिवितै राख्न नेपालले थाईल्याण्डको हारको कामना गर्नुको विकल्प भने छैन।
युएईले ४ खेलबाट ६ अंक जोडेको छ।
बिहिबार भएको खेलमा नेपाली टिम थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो। लिगको चौथो चरणको खेलमा भोलि (शनिबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ।