कलात्मक कालिञ्चोक जो सेतो हाँस्छ

हिउँ परेको समयमा कुरीका होटल भरिभराउ हुन्छन् । त्यसैले पर्यटकले केही दिनअघि नै कुरीका होटल बुकिङ गर्नुपर्छ । काठमाडौंदेखि कुरीसम्मको यात्राका लागि प्रतिव्यक्ति ३ हजारदेखि ५ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको हब बन्दै गएको स्थान हो— दोलखाको कालिञ्चोक । विशेषगरी हिउँ खेल्न चाहनेहरु र कालिञ्चोक भगवती माताको दर्शन गर्नेहरु यहाँ बढी आउँछन् । यसले कालिञ्चोक क्षेत्रमा चहलपहल त बढेको छ नै, सँगै पर्यटकीय गतिविधिमा पनि तीव्रता आएको छ ।

कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोकमा रहेको मन्दिरसम्म पुग्न केही समयअघिदेखि केबलकार सञ्चालनमा आएको छ । राजधानीबाट सार्वजनिक यातायातमार्फत सदरमुकाम चरिकोटसम्म पुग्न सकिन्छ । त्यहाँ पुग्न काठमाडौंबाट करिब ६ घण्टाको बसको यात्रा गर्नुपर्छ । चरिकोटबाट कुरीसम्म गाडीबाट दुई घण्टामा पुग्न सकिन्छ । हिउँ परेको बेला कालिञ्चोकको गैरीबाट पैदल यात्रा पनि गर्न सकिन्छ ।

हिउँ परेको समयमा कुरीका होटल भरिभराउ हुन्छन् । त्यसैले पर्यटकले केही दिनअघि नै कुरीका होटल बुकिङ गर्नुपर्छ । काठमाडौंदेखि कुरीसम्मको यात्राका लागि प्रतिव्यक्ति ३ हजारदेखि ५ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

क्यापिटल बिजनेस म्यागजिनबाट