६४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीले ६४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार हरि खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। खड्काको प्राप्त अंक ९८ दशमलव २५ छ।

त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारूङ, तेस्रोमा जागेश्वर भण्डारी छन्।

मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्।