पीएसजीको जितमा एम्बाप्पेको २ गोल

पेरिस । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

गए राति भएको खेलमा पिएसजीले निम्सलाई ३-० गोल अन्तरमा हराउँदै २५ औं खेलसम्म पनि अपराजित यात्रा कायमै राखेको छ।

पिएसजीको सहज जितमा केलिएन एम्बाप्पेले दुई गोल गरे। यो सागै उनले लिग वानमा ५० गोल पुरा गरेका छन्। यस्तै यो सिजन मात्र उनले २२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेका छन्।

खेलको ४० औं मिनेटमा क्रिस्टोफर नेकुन्कुले गोल गर्दै घरेलु टोली पीएसजीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले अगाडि रहेको पिएसजीले दोस्रो हाफमा थप २ गोल थप्यो।

खेलको ६९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। खेल सकिन एक मिनेट बाँकी छदाँ एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

जितसँगै पीएसजीले लिगमा १७ अंकको अग्रता बनाएको छ।

जितपछि शीर्ष स्थानको पीएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ। लियोन ४५ अंकसहित तेस्रो स्थानमा छ। निम्स ३६ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।