सेयर बजार दोहरो अङ्कले घट्यो, एनआईसी एसियाको सबैभन्दा बढी कारोबार

युनिलिभर नेपाल लिमिटेड र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले कमाएका छन् भने किसान माइक्रोफाइनान्स संस्था लिमिटेड र भार्गव विकास बैङ्कका लगानीकर्ताले गुमाएका छन् ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहरो अङ्कले घटेको छ । आइतबार सेयर बजार १०.७५ अङ्क घटेर नेप्से परिसूचक १ हजार १०२ अङ्कमा झरेको छ ।

आइतबार २० करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ३७० रुपैयाँमा १ करोड ३७ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । यस्तै नबिल बैङ्कको प्रतिकित्ता ७९५ रुपैयाँमा १ करोड २३ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबार उत्पादनमूलकबाहेक सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । युनिलिभर नेपाल लिमिटेड र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले कमाएका छन् भने किसान माइक्रोफाइनान्स संस्था लिमिटेड र भार्गव विकास बैङ्कका लगानीकर्ताले गुमाएका छन् ।