राष्ट्र उत्थान लघुवित्तले सुरु गर्यो वित्तीय कारोबार, ८ करोड ५० लाखको आईपीओ निष्कासन हुदै

संस्थाले हालसम्म ५ जिल्लामा २२ शाखा विस्तार गरी करिव २० हजार ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिसकेको उनले सुनाए । संस्थाले १ अर्ब रुपैयाँ कर्जा लगानी र ५० करोड रुपैयाँ बचत संकलन समेत गरेको छ ।

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय कारोबार सुरु गरेका छ । काभ्रेको बनेपामा रहेको लघुवित्त संस्थाले गत साता वित्तीय कारोबार सुरु गरेको हो ।

नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने गैर सरकारी संस्थाहरुलाई लघुवित्त संस्थामा रुपान्तरण गर्न निर्देशन गरेपछि राष्ट्र उत्थान नामबाट कारोबार सुरु गरिएको संस्थाका सहायक कार्यकारी निर्देशक जगनाथ कुइँकेलले बताए ।

२६ करोड रुपैयाँ जारी पुँजी रहेको संस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको उनले जानकारी दिए । लघुवित्त मध्ये सबैभन्दा बढी आईपीओ राष्ट्र उत्थानको हुने भएको छ ।

संस्थाले हालसम्म ५ जिल्लामा २२ शाखा विस्तार गरी करिव २० हजार ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिसकेको उनले सुनाए । संस्थाले १ अर्ब रुपैयाँ कर्जा लगानी र ५० करोड रुपैयाँ बचत संकलन समेत गरेको छ ।

लघुवित्त संस्थामा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक लगानी रहेको छ । संस्थाका अध्यक्ष टेकराज जोशीले राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट सपथ लिएका छन् ।