चेल्सीलाई पाखा लगाउदै सिटीले जित्याे कारवाओ कपको उपाधि

चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा म्यानचेष्टर सिटीले पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–३ ले हरायो । सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए ।

चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले पेनाल्टी सुटआउटमा गोलकिपर केपा अरियाजाबालागालाई परिवर्तन गर्न खोजेका थिए । तर प्रशिक्षकको आग्रहलाई केपाले अस्विकार गरिदिए ।

चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो । सिटीले याे प्रतियाेगिता जितेकाे याे छैटाैं पटक हाे । जसका कारण सिटी सर्वाधिका याे प्रतियाेगिताकाे उपाधि जित्ने दाेस्राे टिम बनेकाे छ । लिभरपुलले ८ पटक जितेकाे छ ।