आएरल्याण्डविरुद्धको सिरिज अफगानिस्तानद्वारा क्लिनस्वीप

आएरल्याण्डविरुद्धको तेस्रो टी–२० क्रिकेट पनि अफगानिस्तानले जितेको छ ।

आइतबार राति भएको तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तान ३२ रनले विजयी भएको हो । योसँगै अफगानिस्तानले सिरिज ३–०ले क्लिनस्वीप गरेको छ । २११ रनको लक्ष्य पछ्याएको आएरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

आएरल्याण्डका लागि केभिन ओव्राइनले सर्वाधिक ७४ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेको ओब्राइनले ५ चौका र ३ छक्का प्रहार गरे । एन्ड्ले बेलब्रिन ४७ रन बनाउँदा जर्ज डोकरेलले १८ रन बनाए ।

अफगानिस्तानका रासिद खानले सर्वाधिक ५ विकेट लिएका थिए । पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि मोहमद नाबीले ८१ रन बनाउँदा हज्रतुल्लाह जाजिले ३१ रनको योगदान गरे ।