सेयर बजारमा हरियाली, नविल बैंकको साधारण र संस्थापक सेयर बढी कारोबार

सोमबार वित्त कम्पनी बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपनि २० करोड ३८ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

काठमाडौं । लगातार गिरावट आएको सेयर बजार सोमबार एकाएक हरियाली भएको छ । सोमबार बजार ७.४१ अंक बढेर नेप्से परिसुचक १ हजार १०९ अंकमा पुगेको छ । बजार घटेर १ हजार १०० अंकमा आएकोमा एक्कासी ७ अंकले वृद्धि भएको छ ।

सोमबार वित्त कम्पनी बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपनि २० करोड ३८ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

सोमबार नविल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नविलको प्रतिकित्ता ७९४ रुपैयाँमा २ करोड ५० लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नविलको संस्थापक सेयर प्रतिकित्ता ७५० रुपैयाँमा १ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजार बढेका बेला सहयोगी विकास बैंक र ग्लोबल आईएमई सम्मुनत १ म्युचअल फण्डका लगानीकर्ताले गुमाएका छन् भने आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।