माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्टको आईपीओ निष्कासन बन्द

उद्योगले ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दा सर्वसाधारण र स्थानीयबासिन्दाले गरी ४६ हजार ४६ जनाले ४६ लाख ८८ हजार १२० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकर प्रमुख सुजनबाबु अधिकारीले बताए ।

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन मंगलबारदेखि बन्द हुने भएको छ । उद्योगले ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दा सर्वसाधारण र स्थानीयबासिन्दाले गरी ४६ हजार ४६ जनाले ४६ लाख ८८ हजार १२० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकर प्रमुख सुजनबाबु अधिकारीले बताए ।

यस्तै स्थानीयबासिन्दाबाट ३ लाख ६८ हजार ५८० कित्ताका लागि आवेदन परेको उनले जानकारी दिए । उद्योगले प्रिमियम मूल्यमा उद्योग सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । साधारण शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।