
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा बैङ्कले नाफा बढाएको हो ।
मेगा बैङ्क नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा बैङ्कले नाफा बढाएको हो । बैङ्कका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खुद मुनाफा गरेको मेगाले पौष मसान्तसम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।
दोस्रोे त्रैमासिक अवधिमा बैङ्कको निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कुल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुवैमा बैङ्कको वृद्धि १ अर्ब रुपैयाँभन्दा कम थियो । बैङ्कको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशतभन्दा कम छ ।
६५ प्रतिशतको हकप्रद सेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैङ्कको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैङ्कको प्रतिसेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खुद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रैमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रैमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।
टुरिजम डेभलपमेन्ट बैङ्कसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैङ्कको वित्तीय आकार र सूचकहरुमा थप सुधार हुने देखिएको छ ।