आवश्यकता पर्दा मलाई मेसीले सक्दाे सहयोग गरे- नेइमार

एजेन्सी । ब्राजिली स्टार नेयमारले अर्जेन्टिनाका लियोनल मेसीप्रति ठूलो सम्मान रहेको बताएका छन्।

हाल फ्रेन्च क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेलिरहेका उनले बार्सिलोनामा रहदाँ मेसीले आफूलाई स्पेनिस क्लबमा फैलन गरेको मद्धतको खुलेर प्रशंसा गरेका छन्।

नेयमारले बार्सिलोनामा चार वर्ष बिताएका थिए । उनले त्यो समय दुई ला लिगा, तीन कोपा डेल रे र च्याम्पियन्स लिग जितेका थिए ।

नेयमारको मेसी र लुईस सुआरेजसँगसमेत सहकार्य निकै जमेको थियो। सन् २०१७ मा ब्राजिली स्टार नेयमारले कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी गएका थिए।

फ्रान्समा नेयमार यतिबेला केलियन एम्बाप्पे र एडिन्सन काभानीसँग जमिरहेका छन्। तर, उनी अझै पनि बार्साका कप्तान मेसीसँग गहिरो सम्पर्कमा छन् ।

पछिल्लो एक अन्तर्वार्तामा नेयमारले बार्सामा सहयोगको आवश्यकता पर्दा मेसीले आफूलाई सहयोग गरेको बताए।

‘यो यस्तो कथा हो, मैले सबैसँग भनिसकेको छु । जति बेला मलाई निकै सहयोगको खाँचो थियो, त्यो समय टिमको सदस्य र विश्वका उत्कृष्ट मानिस मसँग आए र प्रेम दिए,’ मेस्सीतर्फ ईङ्गित गर्दै उनले अन्तर्वार्तामा भनेका छन्।

यद्यपी नेयमार पुरानै क्लब बार्सा वा रियल मड्रिड जाने बजार हल्लासमेत छ।

स्पेन फर्कने बिषयमा नेयमारले भने, ‘यो निकै गाह्रो छ। ईमान्दारीताका साथ भन्दा यो निकै गाह्रो प्रश्न हो। मेसी मेरा लागि बार्सिलोनाका निकै विशेष मान्छे हुन् ।’

२१ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनामा आबद्व भएका नेयमार विगत सम्झदै भने, ‘उनले मलाई भनेका थिए, नजिक आउ, तिमी आफैंले गर्ने हो, तिमी खुसी हुन आवश्यक छ, जसरी पूर्वक्लब सान्तोषमा थियौ। लजाउन कुनै आवश्यक छैन। डराउन समेत आवश्यक छैन, क्लब र मसँग समेत । हामी सबै तिमीलाई सहयोग गर्न यहाँ छौ।’

पछिल्लो समय नेयमार चोटका कारण मैदान बाहिर छन्। पैतलाको चोटको सल्यक्रिया गराएका नेयमार आराम गरिरहेका छन्।