सेयर बजार राताम्यै, अपरतामाकोसीको सबैभन्दा बढी कारोबार

बजार घटदा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड र पुर्णीमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

काठमाडौं । सोमबार सेयर बजार बढेकोमा मंगलबार ७ अंकले घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १०२ अंकमा झरेको छ । सेयर बजारका बैंक तथा वित्त, जलविद्युत, उत्पादनमुलक, होटललगायत सबै परिसुचक राताम्यै भएका छन् ।

मंगलबार १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार अपर तामाकोसीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अपरको प्रतिकित्ता २२३ रुपैयाँमा ७५ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै नविल बैंकको प्रतिकित्ता ६८७ रुपैयाँमा सेयर ६७ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नविलको सेयर मूल्य समायोजन गरे घटेको हो ।