ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले गत जनवरी १ बाटै लागू हुनेगरी २० प्रतिशत ज्याला बढाइएको जनाएको छ ।
काठमाडौं । पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीको ज्याला वृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले गत जनवरी १ बाटै लागू हुनेगरी २० प्रतिशत ज्याला बढाइएको जनाएको छ ।
टानका महासचिव आङपेम्बा शेर्पाले पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीहरुको ज्याला वृद्धि गरिएको भन्दै सबैलाई त्यहीअनुसार लागू गर्न अनुरोध गरेका छन् ।
केही समयअघि पदयात्रामा काम गर्ने मजदुरहरुले ज्याला वृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।