बोर्डले विज्ञप्ति जारी व्यवसायीले गर्ने आन्दोलनबाट लगानीकर्तालाई असुविधा हुनुका साथै बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले संयमित हुने अनुरोध समेत गरेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदीय मर्यादा कायम राख्न धितोपत्र दलाल व्यवसायीलाई भनेको छ । बोर्डले विज्ञप्ति जारी व्यवसायीले गर्ने आन्दोलनबाट लगानीकर्तालाई असुविधा हुनुका साथै बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले संयमित हुने अनुरोध समेत गरेको छ ।
बोर्डले पदीय मर्यादा राखेर सेयर बजारको विकास र विस्तारमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
समस्या देखिएमा छलफलबाट समधान गर्न तयार रहेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । सरकारद्धारा गठन गरेको मुद्रा तथा पुँजीबजार समस्या समधान कार्यदलको सुझाव अनुसार बोर्ड बजार विस्तारमा लागेको उनले जानकारी गराएका छन् ।
बोर्डको पहलमा व्यवसायीलाई मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुन नदिएको, मार्जिन कारोबार सुविधा, वित्तीय मध्यस्तकारी संस्थाको मान्यता, पुँजी बजारको विकासका लागि विभिन्न जिल्लामा ४१ ओटा शाखा खोल्न दिएको बोर्डले स्पष्टपारेको छ । पुँजीबजारमा प्रतिस्पर्धा र व्यवसाय विस्तार हुनुपर्ने कुरामा बोर्डले जोड दिएको छ ।