ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि एक जनाको ज्यान जाने गरी बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ गरेको छ।
प्रहरीको विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको संयुक्त टोलीले चन्दका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको हो।
महाशाखाका अनुसार भुजेल बम विस्फोटको समयमा घटनास्थल वरपर देखिएका थिए। प्रहरीका अनुसार घटनामा भुजेलको महत्वपूर्ण भूमिका रहेको जनाएको छ।
गत शुक्रबार साँझ भएको बम विस्फोटमा परी लमजुङ स्थायी घर भई भैसेपाटी बस्दै आएका ४८ वर्षिय सिंहबहादुर गुरूङ्गको ज्यान गएको थियो।
प्रतिक्षा खड्का र उरूषा माधन्धर घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको छ।
प्रहरीले यसअघि एनसेल कार्यालयकै दुई सुरक्षा गार्डसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।