काठमाडौं : नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटना भएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।
अल्फा माइक इन्डिया कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर फुङलिङ नगरपालिका १० सिस्नेखोलाबाट सम्पर्कविहीन भएको थियो । सो क्षेत्रमा ठूलो आगोको मुस्लो निस्केको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ नेपाली सेना र नेपाली प्रहरीसहितको टोली उद्धारका लागि खटिएको छ ।
काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । थप विवरण आउन बाँकी छ ।