भारत र पाकिस्तान तनाबले दुबै देशको सेयर बजार ओरालो

अहिले भारतको प्रमुख सेयर बजार इन्डेक्स सेन्सेक्स ५ प्रतिशतले झरेको छ ।अर्कोतर्फ पाकिस्तानको प्रमुख सेयर बजार इन्डेक्स केएसई हण्ड्रेड ३ प्रतिशतले ओरालो लागेको बीबीसीका समिर हास्मीले ट्वीटर ह्याण्डलमा उल्लेख गरेका छन् ।

एजेन्सी । भारत र पाकिस्तानबीच हवाई हमलाको श्रृंखला बढेपछि दुबै देशको सेयर बजार ओरालो लागेको छ । अहिले भारतको प्रमुख सेयर बजार इन्डेक्स सेन्सेक्स ५ प्रतिशतले झरेको छ ।

अर्कोतर्फ पाकिस्तानको प्रमुख सेयर बजार इन्डेक्स केएसई हण्ड्रेड ३ प्रतिशतले ओरालो लागेको बीबीसीका समिर हास्मीले ट्वीटर ह्याण्डलमा उल्लेख गरेका छन् ।

पुल्वामा हमलापछि भारतले पाकिस्तानी क्षेत्रभित्र प्रवेश गरेर सर्जिकल हमला गरेपछि दुई देशबीच अहिले श्रृंखलाबद्ध रुपमा हवाई हमलाको गतिविधि जारी छ ।