पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो आकाशेमा प्रवेश गर्न निषेध गरेपछि नेपालबाट भारत, पाकिस्तान हुँदै उड्नु पर्ने कतार र टर्किसको उडान प्रभावित भएको बताइएको छ । भारतमा पनि केही विमानस्थालमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समाचार प्राप्त भएका छन् ।
काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि नेपालबाट युरोप र खाडीमुलुकतर्फ हुने अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन् । बिहान ११ः३० मा हुनुपर्ने कतार एयरवेजको उडान अझैसम्म हुन सकेको छैन् । कतारको क्युआर ६५३ र ए३३० सिरिजको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पाकिङमा रहेको छ ।
यसैगरी युरोप उडान गर्ने टर्किस एयरलान्यसको टीके ७२७ ले पनि उडान गर्न पाएको छै्रन् । सो विमानले अन्तरार्ष्ट्रिय विमानस्थलबाट साढे १२ बजे उडान गर्नुपर्ने थियो ।
पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो आकाशेमा प्रवेश गर्न निषेध गरेपछि नेपालबाट भारत, पाकिस्तान हुँदै उड्नु पर्ने कतार र टर्किसको उडान प्रभावित भएको बताइएको छ । भारतमा पनि केही विमानस्थालमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समाचार प्राप्त भएका छन् ।
भारतीय युद्धक बिमानले मंगलबार बिहान ३ः३० बजे पाकिस्तान प्रशासित जम्मु कस्मिर भूभाग प्रवेश गरी आक्रमण गरेका थिए। त्यसको बदलामा पाकिस्तानी युद्धक बिमानले बुधबार भारतीय सीमाभित्र प्रवेश गरी आक्रमण गरेका छन्। दुई वटा भारतीय बिमान खसालेको पाकिस्तानले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।