हेलिकोप्टरमा सवार पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित  ६ जनाको निधन

थप उद्धारका लागि काठमाडौंबाट एयर डाइटेस्टी र सिम्रिक एयरका दुई ओटा हेलिकोप्टर घटनास्थलतर्फ गएका छन् । तर खराब मौसमका कारण हेलिकोप्टर अवतरण गर्न सकेका छैनन् । मौसम खराब हुँदा उक्त क्षेत्रमा टेलिफोन पनि नचलेको र प्रहरीको सञ्चार सेटले समेत काम नगर्दा उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटना हुँदा सबैको निधन भएको प्रहरीले जानकारी दिएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

अल्फा माइक इन्डिया कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर फुङलिङ नगरपालिका १० सिस्नेखोलाबाट सम्पर्कविहीन भएको थियो । सो क्षेत्रमा ठूलो आगोको मुस्लो निस्केको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ नेपाली सेना र नेपाली प्रहरीसहितको टोली उद्धारका लागि खटिएको छ ।

काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ । तेह्रथुमको चुहान डाँडामा एयरपोर्ट बनाउनका लागि स्थलगत निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, क्यानका इन्जिनियर धुब्रदास भोछिभया , प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल र मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे सवार थिए ।