रविन्द्र अधिकारी : जसले छोटो समयमा पर्यटन क्षेत्रमा ठुलो परिवर्तन ल्याए

ठिक एक वर्षअघि अर्थात चैत २ गते संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेका रविन्द्रले पहिलो सुधारको कार्ययोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ बाट बढाएर दैनिक २२ घण्टासम्म सञ्चालनमा ल्याउने काम गरे । यो नै उनको महत्वपुर्ण काम हो । उनको प्रयासले अहिले अन्र्तर्राष्ट्रिय विमानस्थलबाट विहान ५ देखि राती ३ वजेसम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

काठमाडौं । मन्त्री भएको एक वर्षको अवधिमा रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा महत्वपुर्ण काम गरेका छन् । एक वर्षको अवधि छोटो भएपनि उनले पर्यटन क्षेत्रमा धेरै सुधारको काम गरेर संसारबाट विदा भए ।

पर्यटनमन्त्री अधिकारी दुर्घटना हुनु पुर्व चुहानडाँडा, तेह्रथुमा बन्न लागेको एयरपोर्टको कार्यक्रममा सहभागी भइ ताप्लेजुङ तर्फ जानू पुर्व लिएको तस्बिर

ठिक एक वर्षअघि अर्थात चैत २ गते संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेका रविन्द्रले पहिलो सुधारको कार्ययोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ बाट बढाएर दैनिक २२ घण्टासम्म सञ्चालनमा ल्याउने काम गरे । यो नै उनको महत्वपुर्ण काम हो । उनको प्रयासले अहिले अन्र्तर्राष्ट्रिय विमानस्थलबाट विहान ५ देखि राती ३ वजेसम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । यसको उनको ठुलो योगदान रहेको छ ।

पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर

युवा तथा स्पष्टवत्ता अधिकारीले आफनो कार्यकालमा भैरहवामा रहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई गति दिए । लगभग ठप्प अवस्थामा रहेको गौतमवुद्ध विमानस्थल मन्त्री हुन साथ काम अघि बढाएका हुन् । उनले गौतमवुद्धमा देखिएको समस्या समधान गरी काम सुचारु गराएका थिए । हालसम्म गौतमवुद्धको ६७ प्रतिशत भौतिक प्रगति भएको छ । आउदो असोजदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न कार्यतालिका मन्त्री अधिकारीले सार्वजनिक गरेका थिए ।

उनको प्रयासमा अवरुद्ध जस्तै रहेको पोखरा क्षेत्रिय विमानस्थलको काम द्रुतगतिमा बढेको छ । मन्त्री भएपछि अधिकारीले त्रिभुवन विमानस्थालको सुधारका काम पनि सुरु गरेका छन् । मुलुकमा पर्यटन प्रवद्र्धन गरेर ठुलो संख्यामा रोजगारी दिलाउन र विदेशी मुद्रा आर्जन गर्नका लागि भने सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरेका छन् ।

उनले एक वर्षमा पर्यटक आगमन दोब्बर बनाएर २० लाख पुर्याउने महत्वकाँक्षी योजना सार्वजनिक गरेका थिए । नेपाल भ्रमण वर्षको तयारीमा जुटेका थिए । यस्तै वाइड वडी जाहज ल्याउनमा उनको महत्वपुर्ण भूमिका रहेको थियो ।

उनले त्रिभुवनलाई स्तरोन्नति गरी बुटिक एयरपार्ट बनाउने काम अघि बढाएका थिए । बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ गर्ने योजना थियो । यसबीचमा उनले पर्यटन क्षेत्रमा सुधारका लागि धेरै काम थालेका थिए । उनले सुरु गरेका कतिपय काम पुरा नभई बुधबार हेलिकप्ट दुर्घटनामा उनको निधन भएको छ ।