मन्त्री अधिकारीसहित सातै जनाको शव लिई सुकेटारबाट उड्यो सेनाको हेलिकोप्टर

बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन । सुकेटार क्षेत्रको मौसममा सुधार भएपछि शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव लिई सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ ।

बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन । सुकेटार क्षेत्रको मौसममा सुधार भएपछि शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।