हेलिकोप्टर सेवा बन्द

हेलिकोप्टर सोसाइटी आफ नेपालले बिहीबार आकस्मिकबाहेकका सेवामा हेलिकोप्टर नउडाउने निर्णय गरेको छ ।

काठमाडौं । हेलिकोप्टर सोसाइटी आफ नेपालले बिहीबार आकस्मिकबाहेकका सेवामा हेलिकोप्टर नउडाउने निर्णय गरेको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी एवम् एयर डाइनेस्टीका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पालगायतको मृत्यु भएको शोकमा हेलिकोप्टर सोसाइटी नेपालले बिहीबार कुनै पनि हेलिकोप्टरले उडान नगर्ने निर्णय गरेको सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए ।

सोसाइटीले शोक वक्तव्य जारी गरी मृतक सबैप्रति श्रद्धाञ्जलिसमेत दिएको छ ।