पीडित अभिभावक फुर्बा ग्याल्जेन शेर्पाले आफनो ६ वर्षको छोरा पब्जी खेल्दाखेल्दै ओछ्यानमा वेहोस भएको जानकारी गराएका छन् । उनले फेसबुक स्टास लेखेर पब्जीले बालकको मस्तिष्कमा असर गर्ने भएकाले खेल्न नदिन अनुरोध समेत गरेका छन् ।
काठमाडौं । अनलाइन खेल प्लेयर अननोन्स बेटलग्राउन्ड (पब्जी) ले बालबालिकाको मस्तिष्क घातसम्म गर्ने भन्दै यसलाई प्रतिवन्ध लगाउन अभिभावकले माग गरेका छन् । पीडित परिवारले पब्जीका लागि बालबालिकालाई ग्याजेट नदिन समेत भनेका छन् ।
पछिल्लो समयमा युवा र बालबालिकामाझ पब्जी लोकप्रिय बन्दै गरेको छ । यसको लतमा फसेको भन्दै प्रतिवन्ध लगाउन अभिभावकहरुले हेलो सरकारमा उजुरी समेत गरेका छन् । तर सरकारले अहिले सम्म सुनुवाइ गरेको छैन ।
पीडित अभिभावक फुर्बा ग्याल्जेन शेर्पाले आफनो ६ वर्षको छोरा पब्जी खेल्दाखेल्दै ओछ्यानमा वेहोस भएको जानकारी गराएका छन् । उनले फेसबुक स्टाटयस लेखेर पब्जीले बालकको मस्तिष्कमा असर गर्ने भएकाले खेल्न नदिन अनुरोध समेत गरेका छन् ।
उनले आफनो छोरालाई भएको अनुभव साट्दै यस्तो भनेका छन् “मेरो छ वर्षको छोरा आज विहान म उठ्दा उ खाटमा पब्जी खेल खेल्दै थियो । करिब ४५ मिनेटपछि उसको आमाले छोरालाई खाजा खानका लागि बोलाउन गइन् तर छोरा ओच्छयानमा अचेत अवस्थामा थियो ।
हामीले उसलाई तुरुन्तै अस्पताल पुर्यौं । उसलाई होशमा आउन करिब आधा घण्टा लाग्यो । होशमा आएपछि भन्यो, पब्जीमा उसको प्लेन निकै माथि उडिरहेको थियो । उ अचानक आकाशबाट हामफाल्यो तर उसले आफूलाई ह्याण्डल गर्न सकेन र उ बेहोश भएछ । धन्य छ भगवान् उ अहिले ठिक छ तर आज मैले ठूलो शिक्षा पाए । पब्जीले सिधा बच्चाहरुको मुटु र मस्तिष्कमा घात पुर्याउ छ । त्यसैले अब कहिल्यै पनि बच्चाहरुलाई ग्याजेट्स नदिनुहोला ।
केही दिनअघि विद्यालयका प्रधानाध्यापकले अभिभावकहरुलाई स्कुलमा बोलाएर सबै अभिभावकलाई उनीहरुको मोबाइलबाट पब्जी खेललाई अनस्टल गरिदिन आग्रह गरेको एउटा खबर पनि हेल्लो सरकारमा आएको छ । केटीहरुको तुलनामा यसको लत केटाहरुमा धेरै रहेको छ ।
बालबालिकाबाहेक युवामा पनि यसको क्रेज बढेको छ । यतिसम्मकी रातमा उठेर चिच्याउने ‘हान हान, मार मार’ भनी कराउने गरेको गुनासा हेल्लो सरकारमा आएका छन् ।