श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामै राजकीय सम्मान दिइने भएको छ ।
गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । त्यसपछि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा लगिने छ र त्यही राजकिय सम्मान दिइने बताइएको छ ।
अधिकारीलाई प्रदान गर्ने राजकीय सम्मानका लागि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पोखरा जाने बताइएको छ । मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।