भोली शनिबार विहान ११ बजेदेखि २ बजेसम्म विद्युत् काटिने

न्यु चाबहिलको सवस्टेसनको स्वीचलाइ आवश्यक मर्मत कार्य गर्नुपरेकाले विद्युत् लाइन जाने भएको हो ।

काठमाडाैं । शनिबार विहान ११ बजेदेखि २ बजेसम्म विद्युत् लाइन काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । न्यु चाबहिलको सवस्टेसनको स्वीचलाइ आवश्यक मर्मत कार्य गर्नुपरेकाले विद्युत् लाइन जाने भएको हो ।

पछिल्लो समय विद्युत वितरण सुधार, स्तरोन्नती, भोल्टेज बढाउन र गुणस्तरीय विद्युत् वितरण प्रणाली कायम गर्न विभिन्न क्षेत्रमा मर्मत तथा जडान कार्य भइरहेको छ । त्यसअनुरुप, विभिन्न क्षेत्रमा विद्युत् लाइन काटिने गरेकाे छ ।