सेयर मूल्य घटेर पुँजीकरण कम भएपनि यस साता पनि नेपाल टेलिकम सबैभन्दा महंगो कम्पनी भएको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब २ अर्ब ६० करोडमा झरेको छ । पछिल्लो एक महिनामा टेलिकमको पुँजीकरण झण्डै ८ अर्ब रुपैयाँ घटेको छ ।
काठमाडौं । बजार पुँजीकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकले नविल बैंकलाई पछि पारेको छ । यस साता नेपाल इन्भेष्टमेन्टको पुँजीकरण बढेर ६३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । नविलको ६१ अर्ब ८६ करोड २९ लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट दोस्रो र नविल तेस्रो स्थानमा रहेको छ । अघिल्लो सातासम्म नविल दोस्रो र नेपाल इन्भेष्टमेन्ट तेस्रो स्थानमा थियो ।
सेयर मूल्य घटेर पुँजीकरण कम भएपनि यस साता पनि नेपाल टेलिकम सबैभन्दा महंगो कम्पनी भएको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब २ अर्ब ६० करोडमा झरेको छ । पछिल्लो एक महिनामा टेलिकमको पुँजीकरण झण्डै ८ अर्ब रुपैयाँ घटेको छ ।
पुँजीकरणका आधार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिमिटेड चौथो स्थानमा रहेको छ । नेपाल लाइफको बजार पुँजीकरण ४४ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ छ । पाँचौ स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक रहेको छ ।
यो साता नविल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नविलको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल बैंकको ३ करोड ७१ लाख, अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ३ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
कारोबार खुलेको ५ दिनमा ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बरारको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएको छ ।